पीसीआर परीक्षण ९ लाख नाघ्यो

 न्यूज विराट
पीसीआर परीक्षण ९ लाख नाघ्यो

काठमाडौं, ३ असोज-पीसीआर विधिबाट स्वाब परीक्षण गर्नेको संख्या ९ लाख नाघेको छ । आज १० हजार ३ सय ३३ जनाको परीक्षण गरेसँगै पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेको संख्या ९ लाख नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ९ लाख ४ हजार ७ सय ६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।  सो संख्यामा परीक्षण गर्दा देशभर कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । आज मात्रै थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । आज १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए  । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै आज निको भएर घर फर्किनेको संख्या ४५ हजार नाघेको छ । आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएसँगै देशभर निको भएर डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको हो । आजसम्म प्रदेश- १ मा ३ हजार ९ सय ६१, प्रदेश- २ मा १२ हजार ७४, बागमतीमा १० हजार ५ सय ३६ र गण्डकीमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । यस्तै प्रदेश- ५ मा ७ हजार २ सय ७, कर्णालीमा २ हजार ६ सय ५७ र सुदूरपश्चिममा ६ हजार १ सय ९५ डिस्चार्ज भएका छन् ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश- १ मा ३ सय ७३, प्रदेश- २ मा ८ सय ७८, बागमतीमा ५ हजार २ सय २३ र गण्डकीमा ८ सय ३७ जना संक्रमित रहेका छन् । यस्तै, प्रदेश- ५ मा १ हजार २ सय १७, कर्णालीमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश- १ मा १ हजार २ सय ८९, प्रदेश- २ मा १ हजार ७७, बागमतीमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन् । यस्तै, प्रदेश- ५ मा ६ सय ९७, कर्णालीमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै, आईसीयूमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेके छ । आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको हो । मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया तथा ललितपुरमा ७६ र ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षीया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रूपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरष गरी ४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

विराटनगर, २४ साउन । प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नको भूमी, व्यवस्था, कृषि तथा...

राससलाई बलियो बनाउन प्रदेश सरकारको सहयोग

विराटनगर, असार ५–प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचर समिति(रासस)लाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्ने बचन दिएका छन् । रासस प्रदेश नं.१ कार्यालय विराटनगरको आज नरीक्षण एवं वृक्षरोण गर्दै...

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए...

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...

सरूवा बदरको माग राख्दै अदालतमा रिट, ९ माघमा छलफलको लागि आउन आदेश

विराटनगर । मोरङ कारागारका चौकीदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गृह गैरकानुनी भन्दै सरूवा रोक्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका छन् । गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिकम आदेशको...

झापा र सनुसरीमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । हिजो साझँ ५ बजे सुनसरीको दुहबीनगरपालिका ११ स्थित दक्षिणबाट उतरतर्फ जादै गरेकोको ४ प ९१७८नम्बरको मोटरसाईकल र बिपरितदिशाबाट...

बूढानीलकण्ठ स्कुलको भव्य भयो ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

विराटनगर । विराटनगर – २ मा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा...

छिमेकी बालकको हत्या आरोपमा एक दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्