प्रदेश १ मा शनिबार संक्रमित थपिने भन्दा डिस्चार्ज हुने बढी

 न्यूज विराट
प्रदेश १ मा शनिबार संक्रमित थपिने भन्दा डिस्चार्ज हुने बढी

विराटनगर ३ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा चार र प्रदेश एक बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा एक महिला छ पुरुष, बुढीगंगामा चार महिला एक पुरुष, कटहरीमा तीन महिला एक पुरुष, धनपालथानमा एक महिला दुई पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा दुई महिला सात पुरुष, रामधुनीमा सात पुरुष, धरानमा एक महिला पाँच पुरुष, झापाको विर्तामोडमा चार पुरुष र प्रदेश एक बाहिरका एक पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ९६ पुगेको छ । प्रदेश १ बाट शनिबार ७१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट सात वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरा सुनसरीबाट तीन जना, मारवाडी सदन र कालिसदन आईसोलेसन विराटनगरबाट एक÷एक जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या दुई हजार पाँच सय तीन पुगेको छ ।

प्रदेश एकमा शनिबार एक हजार एक सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश एक मा हाल सम्म एक लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गबीच शिष्टाचार भेट

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बालुवाटारमा फेङ्गले ओलीसँग शिष्टाचार भेट गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । वालुवाटार जानुअघि चिनियाँ रक्षामन्त्री फेङ्गलाई नेपाली सेनाको...

‘जोखिम भत्ता’ माग गर्दै मेची अस्पतालका चिकित्सक आन्दोलित

झापा, १६ भदौ-मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोभिड- १९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई...

रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा...

मुख्यमन्त्री गुरुङको आरडीटी पोजिटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी विधिबाट गरिको परीक्षण्मा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षण गर्न उनको स्वाब मंगलबार राति...

विश्व ओजन दिवसको अवसरमा विराटनगरको शिक्षादीप कलेजमा निवन्ध प्रतियोगिता

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले विश्व ओजन दिवसको अवसरमा निवन्ध प्रतियोगिताको आयोजना गरेको छ । आज कलेजमा ओजन तह विनाश तथा संरक्षणको उपायको बारैमा निवन्ध प्रतियोगिताको आयोजना गरेको हो । निवन्ध प्रतियोगितामा कलेजमा...

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर।, २० पुस-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार सम्पन्न तेस्रो साधरणसभाबाट अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन् । संघको जिल्ला...

इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना पुष्टि

इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ । इटहरी ३ काे सुनाैलाे टाेलमा बिरामी भएकाहरुमा काेराेना संक्रमण देखिएकाे इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गाैतमले पुष्टि गरेकी छन् । इटहरी ३ सुनौलो...

कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्