संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार : सभामुख सापकाेटा

 न्यूज विराट
संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार : सभामुख सापकाेटा

काठमाडौं, ३ असोज-सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

‘संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाइ भएको गुनासा सम्बोधन गर्नुपर्ने छ, कानुन बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु,’ सन्देशमा उनले भनेका छन् । सभामुख सापकोटाले आजको विशेष दिनले सबैलाई संविधानको मर्म र भावनानुसार काम गर्न प्रेरणा मिल्ने पनि विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा १०९ मा सङ्घीय संसद्को व्यवस्थापकीय अधिकार, धारा १९७ मा प्रदेशसभाको व्यवस्थापकीय अधिकार र धारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकारको व्यवस्था गरिएका कारण तीन वटै तहले कानुनको निर्माण गर्ने अधिकार राख्ने र आवश्यकतानुसार कानुनको निर्माण र कार्यान्वयन गरिरहेको स्मरण गरेका छन् ।

संविधान गतिशील दस्तावेज भएको उल्लेख गर्दै सभामुख सापकोटाले नीतिनिर्माण तथा राज्यका विभिन्न संयन्त्रमा समावेशिताको व्यवस्था गरिएको जनाएका छन् । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानुन बनेको तथा संविधानसँग बाझिएका कानुन संशोधन भइसकेको जनाउँदै उनले प्रदेश र स्थानीय तहले आफ्ना एकल अधिकारअन्तर्गतका कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको बताएका छन् ।

सम्बन्धित समाचार

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको...

नाट्यकला परिषदमा डोमी कामत

विराटरनगर । स्थानीय स्तरमा सवै भाषा भाषिका कविहरु बिच आपसी भाईचारको माध्यमले कला संस्कृतिलाई जर्गेना गर्ने विराट मैथिल नाट्य कला परिषदको अध्यक्षमा डोमी कामत चयन भएका छन् ।पूर्व निर्धारित कार्यक्रम मासिक काब्य गोष्ठीको अवसरमा आयोजना...

इटहरीमा स्ट्रोक मास्टर क्लास सम्पन्न, हालसम्म तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी लाभान्वित

इटहरी । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा सुनसरीको इटहरीमा शुक्रबार स्ट्रोक मास्टर क्लास सम्पन्न भएको छ। स्ट्रोकको उपचारसम्बन्धी अत्याधुनिक प्रविधि, तरिका र उपचार पद्धतिका बारेमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित...

रोटरी क्लबलाई सिद्धार्थ बैंकको सहयोग

विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो । डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै...

७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२...

गोल्डेन हस्पिटलमा संचालकबीचको बिवाद, बाहिरिए लुईटेल

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन हस्पिटलको संचालक गोविन्द लुईटेललाई हस्पिटलले अन्नायपूर्ण तरिकाले हटाएको छ । हस्पिटलको संचालक समेत रहेका प्रशासकीय अधिकृत लुईटेललाई हस्पिटलका मुख्य लगानीकर्ता डाक्टर श्याम रौनियाले अन्नायपूर्ण तरिकाले हटाएको उनले बताएका...

प्रदेश २ मा ३ सय ६३ नमुना संकलन, १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ

जनकपुरधाम, २९ चैत-करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ३६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ आएको...

दोब्बर बढ्यो खाने तेलको मूल्य

काठमाडौं, असोज ५ । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्