आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

 न्यूज विराट
आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

काठमाडौं, १ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५९ हजार नाघेको छ । आजसम्म ५९ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १६ हजार २ सय ४१ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना छन् भने ७ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ८२ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

बेलायतमा कोभिड-१९ बाट ६३ जना नेपालीले ज्यान गुमाए

एजेन्सी, जेठ ३-कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।...

विदेशमा कोरोनाबाट २ सय ८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कात्तिक-विश्वव्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...

नवजात शिशु बेपत्ता प्रकरण : डाक्टर कर्णसहित तीन जना जेल चलान

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...

५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : पटनासँग नेपाल पुलिस पराजित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्बलाई १२...

आज विजयादशमी

काठमाडौं,  १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

बिहारको मधुबनीमा यात्रुबाहक रेलमा आगलागी

विराटनगर, ७ फागुन । भारतको बिहार राज्य स्थित मधुबनी जिल्लामा एक यात्रु बाहक रेलमा आगलागी भएको छ । मधुबनी रेलवे स्टेशनमा रहेको स्वतन्त्रता सेना एक्सप्रेस ट्रेनमा आगो लागको हो । रेलमा आगो लागेका कारण धुँवाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्