सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

 न्यूज विराट
सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार सो अस्पतालमा डायलासिस सेवा लिइरहेकी मिृर्गौला पीडित एक महिला, आकस्मिक सेवामा उपचाररत तीन बिरामी तथा राजविराजस्थित आइसोलेसन केन्द्रमा कार्यरत दुई सरसफाइ कर्मचारीसमेत सङ्क्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाले बताए ।

यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी, एक प्रहरी, छिन्नमस्ता अस्पताल राजविराजका दुई कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

अस्पतालको डायलासिस युनिटमा नियमित उपचार गराइरहेका मिर्गौला पीडितमध्ये मङ्गलबार एक महिला र सोमबार छ पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि मङ्गलबार बन्द गरिएको डायलासिस सेवा निर्मलीकरण गरेपछि आजबाट सेवा सुचारु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. झाले जानकारी दिए ।

सङ्क्रमित थप भएकामा राजविराज नगरपालिकाको विभिन्न वडाका ४४ र हनुमाननगर कङ्कालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र महादेवा गाउँपालिकाका छ जना सङ्क्रमित छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले सोमबार मध्य रातिदेखि निषेधाज्ञा हटाएको छ ।

योसमेत सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये १०५ महिलासहित ७ सय ३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । जिल्लामा सङ्क्रमतिमध्ये मृत्यु हुनेको सङ्ख्या एक महिलासहित नौ पुगेको यादवले जानकारी दिए । रासस

सम्बन्धित समाचार

ओलीलाई प्रचण्डको जवाफ : तपाईंलाई भारतले होइन, मैले हटाउन खोजेको हो 

काठमाडौं, १६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभई आफूले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयबीच चर्काचर्की परेपछि प्रचण्डले...

क्वारेन्टाइनबाट फर्किएकामा देखियो कोरोना संक्रमण

जनकपुर, १६ वैशाख-रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको...

इलाम २ मा ३२ हजार १९४ मत गणना हुँदा एमालेका सुहाङ ४६८३ मतले अगाडि

विराटनगर । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार...

प्रदेश १ मा संक्रमितको संख्या ५३३ पुग्यो

विराटनगर, असार १३–प्रदेश नं. १ मा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...

एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।  आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...

प्रदेश १ पाँच हजार बढीको परीक्षण, ३० जनामा कोरोना पुष्टि

विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...

एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्