लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 न्यूज विराट
लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

धादिङ, ३१ भदौ-पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

‘खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन,’ तामाङले भने, ‘हटाउन सुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।’ निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ ।

सम्बन्धित समाचार

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प...

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

कमला ह्यारिस डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन्...

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...

विराटनगरको नोबेल अस्पतालका डाक्टर मृत अवस्थामा भेटिए, हत्याको आशंका

विराटनगर, १९ चैत । विराटनगर स्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर बिजय यादब मृत भेटिएका छन् । सप्तरिको राजविराज घर भइ विराटनगरमा बस्दै आएका २८ बर्षिय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन्...

काममा जान्छु भनेर घरबाट हिडेका युवाको मोरङको रंगेलीमा शव भेटियो, हत्याको आशंका

विराटनगर । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोक कुमार यादव धामीको शव भुटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान...

शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य...

मुम्बईबाट आएका रतुवामाईका एक युवामा कोरोना पुष्टि

विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्