मेस्सी सर्वाधिक आय भएका खेलाडी, रोनाल्डो दोस्रो नम्बरमा

 न्यूज विराट
मेस्सी सर्वाधिक आय भएका खेलाडी, रोनाल्डो दोस्रो नम्बरमा

एजेन्सी, ३० भदौ-अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् ।

उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर रहेको छ भने रोनाल्डोको आय ११७ मिलियन डलर छ ।

तेस्रो नम्बरमा ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन (पीएसजी) का नेइमार छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

यस्तै चौथो स्थानमा रहेका पीएसजीका केलियन एमबाप्पेको ४२ मिलियन, पाँचौँ स्थानका लिभरपुलका मोहम्मद सालहको ३७ मिलियन, छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन आय छ ।

आठौं स्थानमा रहेका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।

सन् २०१९ को सूचिमा को शीर्ष तीन स्थानमा रोनाल्डो, मेस्सी र नेइमार थिए । यो वर्ष एमबाप्पे तीन स्थानमाथि उक्लिएर चौथो स्थानमा आएका छन् ।

सम्बन्धित समाचार

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले नयाँ पार्टी दर्ता गर्ने र त्यसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका हुन् । उनले क्षमतावान् व्यक्तिहरूलाई पार्टीमा...

सुनवर्षीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाईते

विराटागर, १८ फागुन । मोरङ सुनवर्षी नगरपालिका - ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सुनवर्षी - १ काला बन्जार स्थित डाँस खोलाको बगरमा  माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको...

भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गयो

सिन्धुपाल्चोक, १२ जेठ-सिन्धुपाल्चोकमा  भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गएको छ ।जिल्लाको जुगल गाउँपालिका-२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएकोहो । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका...

नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

काठमाडौं, २० जेठ । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप...

१८ वैशाखसम्म सबै सीमा नाका बन्द रहने

सरकारले १८ बैशाखसम्म नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ गतेसम्म उत्तर दक्षिणका सबै सीमा बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो । १० चैत २०७६...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

छठ पर्वः आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं, ५ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्