विराटनगरका मेयर क्वारेन्टाइनमा

 न्यूज विराट
विराटनगरका मेयर क्वारेन्टाइनमा

विराटनगर, २९ भदौ–प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् ।

संक्रमणमो जोखिम रहेकोले आइतबारदेखि जैन भवन क्वारेन्टाइनमा बसेको मेयर पराजुलीले जानकारी दिए । संक्रमितको सम्पर्कमा पुगेकाले केही दिन सेल्फ क्वारेन्टाइनमा बसेर पीसीआर जाँच गर्ने उनले बताए ।

मेयर पराजुलीसँगै उनको सचिवालयका सहयोगीहरु पनि क्वारेन्टाइनमै बसेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा ५ दिनका लागि बन्द गरेको छ ।

यसअघि महानगरेको २ नम्बर वडाका वडाध्यक्ष कुमार पोखरेल र ५ नंं. वडाका अध्यक्ष मिनकुमार आचार्यमा कोरोना देखिएको थियो । वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि महानगरका अधिकांश कर्मचारीहरु पनि होम आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित समाचार

लोकपर्व जितियाको व्रत सुरु थप

धनुषा, २५ भदौ-मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गएरातिदेखि सुरु भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास  बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई...

नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्नेलाई कारबाहीको माग

काठमाडौं, २ भदौ-नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्ने मंगोल होप अफिसियल नामक युट्युब च्यानल तथा च्यानल संचालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग गरिएको छ । गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा...

विराटनगरमा विराट सिटि डेन्टल संचालनमा, दश दिनसम्म निःशुल्क सेवा

विराटनगर । विराटनगर– ६ शनिमन्दिरमा डाक्टर अम्बिका साहले विराट सिटि डेन्टल संचालनमा ल्याएकी छिन् । सोमबार एक कार्यक्रम आयोजना गरि डेन्टल संचालनमा ल्याएको हो ।अत्याधुनिक डेन्टल चियर, दाँतको ए–क्सरे मसिनलगायत अन्य उपकरणहरू र सक्रमण रोक्न...

चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर...

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले...

चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक

राजविराज, २९ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हाे । डाक्नेश्वरी...

हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो ।विराटनगरको वैजनाथपुरको क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्