अब दुई हजार रूपैयाँमै पीसीआर परीक्षण

 न्यूज विराट
अब दुई हजार रूपैयाँमै पीसीआर परीक्षण

काठमाडाैं, २८ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण शुल्क दुई हजार रूपैयाँ तोकेको छ । मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार रूपैयाँ मात्र लिन पाउने बताए ।

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पीसीआर परीक्षण गराउनुपर्ने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको उनकाे भनाइ छ ।

बजारमा रिएजेन्ट र पीसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनले जानकारी दिए । यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि चार हजार ४ सय रूपैयाँ तोकेको थियो । त्यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५ सय रूपैयाँ शुल्क तोकेको थियो ।

नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १ सय ५९ जना संक्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पीसीआर परीक्षण भइरहेको छ ।

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ ।

अहिले ४७ सरकारी प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएकाे छ । यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको प्रवक्ता गाैतमले जानकारी दिए । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेस गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार खोप प्राप्त गरेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

२४ घण्टामा कोरोना संक्रमण देखिनेभन्दा डिस्चार्ज हुने बढी

काठमाडौं, २२ असार-पछिल्लो २४ घण्टाको अवधिमा थपिएका संक्रमितभन्दा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढी छ । सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ  भने  सय ६४ जना संक्रमित निको...

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले...

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

भोलिबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २५ वैशाख-शुक्रबारबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २२ जेठ-लकडाउनबारे छलफल गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री सरकारी निवास अपरान्ह ४ बजे बस्ने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री...

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

म्याराडोनाप्रति पेलेको भावुक श्रद्धान्जलि, एक दिन आकाशमा सँगै फुटबल खेल्नेछु

एजेन्सी, ११ मंसिर-विश्व फुटबलका महान हस्ती पेलेले अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाको निधनप्रति भावुक श्रद्धान्जलि व्यक्त गरेका छन् । ब्राजीललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेले श्रद्धान्जलि व्यक्त गर्दै भनेका छन्, ‘एक दिन आकाशमा कतै...

पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ११ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्