प्रदेश १ मा ३ जनाको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा ३ जनाको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

विराटनगर, २७ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रदेश १ मा शनिबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २÷२ पुरुष, रामधुनी र दुहवीमा १÷१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ ।

प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।

प्रदेश १ मा शनिबार १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हालसम्म १ नं. प्रदेशमा १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...

एमालेले महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टर

काठमाडौं, मंसिर ६ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टरहरु परिचालन गर्ने भएको छ । महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिले डाक्टरसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य...

पिटर प्यान्स पेनोेले मनायो वार्षिकउत्सव

विराटनगर । विराटनगरमा रहेको पिटर प्यान्स पेनोले २५ औं बाषिर्कउत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।विराटनगरस्थित आरोहण गुरुकुल हाटखोलामा विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार वार्षिकउत्सव मनाएको हो । कार्यक्रममको उद्घाटन विराट मेडिकल कलेजका बाल रोग...

एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा हुने

काठमाडौं, ६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको...

ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलत्कार गर्ने एक जना पक्राउ

विराटनगर । विराटनगरको २० वर्षीया किशोरीलाई जवरजस्ती करणाी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलत्कार गरेको आरोपमा विराटनगर– ६ का ३० वर्षीया मो.रिजवान अन्सारी पक्राउ...

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्