मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले समितिलाई पत्र लेख्दै यही ३० भदौभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिएका हुन् ।
यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण सङ्कलन गरी उपनिर्वाचन गरेको थियो । गत मङ्सिर १५ गते निर्वाचन आयोगले विभिन्न कारणले रिक्त स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो ।
उक्त उपनिर्वाचन स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाका प्रमुखसहित ३ गाउँपालिकाका अध्यक्ष, एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि भएको थियो ।
यस्तै सोही उपनिर्वाचन प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर २, प्रदेशसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्वर १ को क, बागलुङ क्षेत्र नम्वर २ को ख र दाङ क्षेत्र नम्वर ३ को खमा पनि निर्वाचन भएको थियो । रासस