घरमै बसेर जितिया पर्व मनाउँदै थारू महिला

 न्यूज विराट
घरमै बसेर जितिया पर्व मनाउँदै थारू महिला

चितवन, २५ भदौ-थारू समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारू महिला घरमै बसेर जितिया मनाइरहेका छन् ।

सामूहिकरूपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरू यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारू समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका हुन् ।

थारूहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । थारू कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ । कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए ।

आजको दिन थारू समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने गर्ने चलन छ । यस्तै जितियामा कोसेली पुर्‍याउने चलन पनि छ ।

तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारू महिला अगुवा खैरहनी नगरपालिका–१० की फूलमती चौधरी बताउँछन् । चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

आज अष्टमीको दिन भएकोले महिला बिहानैदेखि ‘उपास’ ब्रतबसि घरमै झम्टा नाँच नाचेर मनाइरहेका छन् । थारू महिला अगुवा खैरहनी- ९, बैरहनीकी चन्द्रकुमारी चौधरीले भनिन्, ‘कोरोनाका कारण यसवर्ष घरमै जितिया मनाइ रहेका छौँ, गाउँका सबै महिला दिदीबहिनीलाई घरमै झाम्टा नाच नाचेर मनाउन आग्रह गरेका छौँ ।’ महिला नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभर नै झमटा नृत्यमा झुमेर रम्ने दिन हो जितिया । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।

त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा)  घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारू भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

हिन्दु धर्मालबम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारू अगुवा जोखा चौधरी बताउँछन् ।

थारू समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारू महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढीलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीलाई जानकारी दिने गरेका छन् । यस वर्ष कोरोनाका कारण प्रतियोगितात्मक कार्यक्रमहरु भएनन् । विगत वर्षमा एक साताअघि देखि नै संस्कृति संरक्षणका लागि जितिया गीत तथा नाच प्रतियोगिताहरु हुने गर्दथ्यो । रासस

सम्बन्धित समाचार

विराटनगरमा चोरी गरेर लैजाँदै गरेको ‘स्कुटी’ सहित एक जना पक्राउ

विराटनगर, १ पुस । विराटगरमा पार्किङ गरेर राखेको स्कुटी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार राम रहेका छन् । बुधबार राति साढे सात...

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

पाँचथर । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा...

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य पाएँ:मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए । लुम्बिनी भ्रमणमा आएका मोदीले...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...

महानगर स्तरीय आईटीएफ तेक्वान्दो सुरू

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरू भएको छ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीको आयोजना उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा...

उदयपुरमा कोरोना संक्रमित बढ्दै जाँदा लहानमा त्रास

सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्