कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

 न्यूज विराट
कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

कोशी अस्पतालमा शुक्रबार साझ मृत्यु भएकी विराटनगर ४ कि ६४ वर्षीय महिलाको शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल लगिएको थियो।

कोरोनाको आशंकामा स्वाब संकलन गरि आइसोलेसनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ ७ः३० बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ कि ४३ वर्षीया कोरोना संक्रमीत महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालबाट रेफर भएकी महिलाको साझ ६ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् ।  उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...

कोरोना भाईरसको संक्रमणबाट थप एक जनाका मृत्यु

विराटनगर, ११ कात्तिक–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती १२ बजेर ५५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरीको धरानका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।...

राससलाई बलियो बनाउन प्रदेश सरकारको सहयोग

विराटनगर, असार ५–प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचर समिति(रासस)लाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्ने बचन दिएका छन् । रासस प्रदेश नं.१ कार्यालय विराटनगरको आज नरीक्षण एवं वृक्षरोण गर्दै...

कोरोना संक्रमणबाट कांग्रेस नेताको निधन

विराटनगर,  ९ कात्तिक-कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।  कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका–८ का मण्डललाई उपचारका लागि विराट...

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन...

बझाङमा पहिरोले १७ घर बगायो

काठमाडौं, २० असार-बझाङको केदारस्युँ गाउँपालिका-८ मा पहिराले १७ घर बगाएको छ । शुक्रबार राति परेको वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको हो । बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले...

राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त...

एक महिनापछि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

काठमाडौं,  २८ भदौ-अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ ।  विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत २६ साउनमा बन्द भएको सेवा आजदेखि सुरु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्