विराटनगरमा थप १ हजार बेडको आइसोलेसन बनाइने

 न्यूज विराट
विराटनगरमा थप १ हजार बेडको आइसोलेसन बनाइने

विराटनगर, भदौ १८-कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न निर्देशन दिएका छन् । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान गरिएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसंग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन् ।

बैठकले  प्रदेश भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यु आदीलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड-१९ को चेन ब्रेक गर्ने र कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसंग समन्वयात्तमक रुपमा अगाडी बढ्ने नीति लिएको छ ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरुको लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतीनगर इलाम, रंगेली मोरङ्ग, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णय समेत गरेको छ ।

भोजपुर नगरपालिका-६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्धारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमति समेत बैठकले दिएको छ ।

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ ।

सम्बन्धित समाचार

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...

विप्लवका दुई नेताले गरे आत्मसमर्पण

विराटनगर, पुस १७–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले...

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असार-नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको...

इलाममा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर, १३ असार । इलाममा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ का ६५ वर्षीय हिम प्रसाद लावती, उनकी श्रीमती ५७ वर्षीया पदम कुमारी लिम्बू र माङ्सेबुङ–२ का...

वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन-वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मापदण्डको पालना नगरेकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताए । उनका अनुसार ८ चिकित्सक, ६...

भरे ५ बजे संवैधानिक परिषद्, अध्यादेश फिर्ता नभएसम्म देउवा नजाने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सरकारले अध्यादेश फिर्ता नगरेसम्म संवैधानिक परिषद् बैठकमा नजाने भएका छन् । तीन सदस्यीय सदस्य उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी...

विविध कार्यक्रम गरि विराट व्यापार संघले मनायो २१ औ स्थापना दिवस

विराटनगर, १२ असार । विराट व्यापार संघले विविध कार्यक्रम गरि २१ औँ स्थापना दिवस मनाएको छ । शनिबार विराटनगरमा रक्तदान, विपन्न परिवारलाई खाद्यान्न वितरण र द्विप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो । विराटनगरका अस्पतालहरुमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्