२४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण

 न्यूज विराट
२४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण

काठमाडौं, १८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष गरी कुल १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार नाघेको छ । आजसम्म ४२ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यीमध्ये १८ हजार ४ सय १३जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १० हजार ६ सय ७१ संस्थागत आइसोलेसनमा रहेका छन् भने ७ हजार ७ सय ४२ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ९ सय १७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २४ हजार ९ सय ७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५६ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ३१ हजार ८ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ७ सय ४९ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग...

२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी...

एमाले मोरङका नेता बलभद्र सरदार माओवादी प्रवेश

विरटाटनगर, १८ भदौ । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।...

राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका...

राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर...

आज थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, ३० वैशाख-आज नेपालमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ । बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्