कोरोनाबाट एकै दिन उपत्यकाका ६ सहित देशभर १२ को निधन

 न्यूज विराट
कोरोनाबाट एकै दिन उपत्यकाका ६ सहित देशभर १२ को निधन

काठमाडौं, १३ भदौ-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको हो । यसअघि शुक्रबार पनि १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा उपत्यकामा ६ जनासहित देशभर १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् ।

काठमाडौंकी ५१, भक्तपुरकी ६२ र पाल्पाकी ३० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, ललितपुरका ७२ र ६१, पर्साका ४८ र ३९, सिरहाका ८४, गोरखाका ४८, कास्कीका ५८, काठमाडौंका ८३ र भक्तपुरका ८२ वर्षीय पुरुषको निधन भएको छ ।

आज उपत्यकामा १ सय ८६ जनासहित देशभर थप ८ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । यसमध्ये २० हजार ५ सय ५५ जना निको भएका छन् भने १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको निष्कर्षः बजेटले कोरोनाबाट प्रभावित जनताको रक्षा गर्न सक्दैन

काठमाडौं, १६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको...

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौंडा, २४ जेठ-शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौंडादेखि काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका-६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक...

रघुराम श्रीनिवास क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा नियुक्त

काठमाडौं, १७ माघ । राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त...

४० हजार घूससहित प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घूससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।...

मोरङको बुढीगंगामा लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीनको मृत्यु

विराटनगर। मोरङ बुढीगंगा गाउँपालिका – ४ प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१...

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १ सय ४६ जनाको कोरोना परीक्षण

पोखरा, ६ जेठ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ । प्रदेश सरकारले आह्वान गरेको संसद अधिवेशनको पूर्वसध्यामा मुख्यमन्त्री, मन्त्री, सचिव र कर्मचारीलगायतको कोरोना परीक्षणका...

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको तेस्रो रिर्पोट नेगेटिभ

सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...

भारतकै ३ नक्सामा कालीको मुहान लिम्पियाधुरा

काठमाडौं, १ जेठ-नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद पुनः चर्किएको छ । सन् २०१५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्