मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

 न्यूज विराट
मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित कोशी अस्पताल लगिएका उपचारका क्रममा तामाङको मृत्यु हो । उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो । मत्युपश्चात उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र अहिले रिपोर्ट आइनसकेको कारागार प्रशासनले जनाएको छ । तीन दिन अघि मोरङ कारागारमै विराटनगर ४ का २६ वर्षे निराजश यादवको समेत मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो:माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले देशलाई विभिन्नखाले संकटबाट बचाएको बताएका छन् । गठबन्धनले संसद, संविधान, लोकतन्त्र, गणतन्त्रदेखि लिएर विदेशी सैन्य रणनीतिको हिस्सा बन्नबाट बचाएको उनले बताए । समाजवादी प्रेस संगठन...

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो:प्रचण्ड

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् । आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गर्दा थप...

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

एजेन्सी, साउन २३-भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५ सय ३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ-आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन...

१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम

काठमाडौं, ७ साउन । राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनीसहित म्यासेज आएपछि बैंकिङ क्षेत्रमा तरङ्ग पैदा भएको छ । नेपाल राष्ट्र बैंक आईटी डिपार्टमेन्टमा कार्यरत कर्मचारीको ग्रुप च्याटमा...

खानेकुरा एउटै मस्जिदमा मरे १ हजारभन्दा बढी सेतो परेवा

एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो । लकडाउनका कारण लामो समयसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्