रोटरीले हस्तान्तरण गर्यो १० हजार थान मास्क

 न्यूज विराट
रोटरीले हस्तान्तरण गर्यो १० हजार थान मास्क

विराटनगर, ११ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरका विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षाका लागि लगाइने मास्क हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम गर्दै आएको र शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमासमेत योगदान पुर्याउँदै आएको सो क्लबले १० हजार थान बढी हस्तान्तरण गर्ने योजना अनुरुप मास्क हस्तान्तरण गरेको हो ।

क्लबले विराटनगर महानगरपालिकालाई २ हजार, जिल्ला प्रशासन कार्यालय मोरङलाई १ हजार ५ सय, कोशी अस्पताललाई १ हजार ५ सय, रामलाल गोल्छा आँखा अस्पताललाई १ हजार थान मास्क हस्तान्तरण गरेको हो ।

क्लबले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरका मेयर भीम पराजुली, कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासलगायत अन्य संस्थालाई मास्क हस्तान्तरण गरेको क्लबका सचिव गिरिजा सारडाले जानकारी दिइन् ।

सम्बन्धित समाचार

२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज

काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य पाएँ:मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए । लुम्बिनी भ्रमणमा आएका मोदीले...

आज महाशिवरात्रि, पशुपतिमा २० लाखले दर्शन गर्ने अनुमान

काठमाडौं, फागुन ९–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७...

स्ट्रोकबारे समुदायमा सचेतना फैलाउनु आवश्यक

विराटनगर । विराटनगरमा स्ट्रोकको अत्याधुनिक उपचार पद्धतिबारे स्वास्थ्यकर्मीहरूलाई जानकारी दिइएको छ। नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजना तथा आर्या न्यूरो हस्पिटलको समन्वयमा शनिबार यो कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विराटनगर महानगरपालिकाका तीस भन्दा...

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको...

आउँदो ३ दिन वर्षा र बाढीको सम्भावना

काठमाडौं, २० असार-आउँदो ३ दिन बदलीसहित देशभर वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आगामी ३ दिन देशभरी नै वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै केही दिन...

दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट

काठमाडौं, ३ भदौ । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्