विराटनगरमा ३६ सहित प्रदेश १ मा १ सय ९ संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा ३६ सहित प्रदेश १ मा १ सय ९ संक्रमित थपिए

विराटनगर, ९ भदौ-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवाम १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ४९ डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ । प्रदेश १ मा आज २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ८० हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छः मन्त्री भट्टराई

ताप्लेजुङ, २१ वैशाख-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको...

अब लकडाउनकै माझ चल्नेछन् यी सवारी साधन

काठमाडाैं, २६ वैशाख-सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेका छन् उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका...

भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...

भारतीय अतिक्रमणविरुद्ध प्रर्दशनमा उत्रिएका कृष्ण पहाडीसहित ५३ पक्राउ

काठमाडौं, ३० वैशाख-भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विरोधमा प्रर्दशनमा उत्रिएका अधिकारकर्मी पक्राउ परेका छन् । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै मानवअधिकारवादी नेता कृष्ण पहाडी, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत ५३ जनालाई पक्राउ गरेको हो । नेपालले...

इन्डो नेपाल क्रिकेट प्रतियोगिता : बिहारलाई हराउँदै सुपोलको शानदार जित

विराटनगर । भारतको सुपोल क्रिकेट क्लबले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो रोमाञ्चक...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

मानव सेवा आश्रमकी पार्वतीलाई सौन्दर्यकला व्यवसायीद्वारा सम्मान

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा असहाय र अशक्त ज्येष्ठ नागरिकहरुको सेवा तलिन रहेकी पार्वती तिवारीलाई सम्मान गरिएको छ । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीले पार्वतीलाई ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर...

टायर पड्कीँदा भारतीय नागरिको मृत्यु

विराटनगर, बैशाख १७–बिराटनगर–१३ मा गाडीको टायर पड्कीँदा भारत समस्तिपुरका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर–१३ स्थित एक घरको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाउने काम गर्दै आएका हैदरको चक्कामा हावा हाल्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्