जनता क्याम्पसको आइसोलेसनबाट ३७ जना डिस्चार्ज

 न्यूज विराट
जनता क्याम्पसको आइसोलेसनबाट ३७ जना डिस्चार्ज

विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका २७ पुरुष र १० जना महिला डिस्चार्ज भएका हुन् ।

रंगेली नगरपालिका–२ का एक पुरुष, वडा नं. ३ का एक पुरुष, वडा नं. ४ का दुई पुरुष एक महिला, ६ नं. वडाका तीन पुरुष दुई महिला, ७ नं. वडाका १५ पुरुष, ६ महिनाकी एक शिशु, एक गर्भवती महिलासहित अन्य ५ जना महिला र वडा नं. ८ की एक महिला, रंगेलीमा कार्यरत शसस्त्र प्रहरीका तीन पुरुष, नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत एक पुरुष कर्मचारी डिस्चार्ज भएका हुन् । सो आइसोलेसनमा कार्यरत एक जना स्वाथ्यकर्मीको भने शंका लागेर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना मुक्त भएका उनीहरुलाई रंगेलीका नगरप्रमुख दिलिप बगडिया, स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डल, रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोहिन्द्र पाण्डे, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाललगायतले विदाई गरे ।

संक्रमण पुष्टि भएको १४ दिनपछि स्वाव संकलन गरेर परिक्षण गरिएकोमा मंगलबार रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको रंगेली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज गरिएका सवैलाई घरमा सुरक्षित र उच्च सतर्कता अपनाएर बस्न आग्रह गरिएको छ । स्वास्थ्य शाखा प्रमुख मण्डलले अब सो उपचार केन्द्रमा ११ जनाले स्वास्थ्य लाभ गरिरहेको बताए ।

उनले सोमबार सो आइलेसन केन्द्रमा कार्यरत एक स्वास्थ्यकर्मी र उपचाररत ३७ जनाको स्वाब संकलन गरिएकोमा मंगलबार सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार रंगेली नगरपालिकामा गत साउन १५ गते एकै पटक २२ जनामा समुदायस्तरमै कोरोना संक्रमण पुष्टि भएको थियो । रंगेली नगरपालिकामा हालसम्म एक सय १९ जनामा कोरोना संक्रमण पुुष्टि भएकोमा एक सय चार जना उपचार पछि कोरोना मुक्त भएर घर फर्किएका छन् ।

अन्य जनता क्याम्पस रंगेलीको आइसोलेसनमा ११, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यलय गोठगाउँको आइसोलेसनमा दुई÷दुई जना उपचाररत रहेका छन् ।

गत साउन २३ गतेदेखि रंगेली नगरपालिकाले सञ्चालनमा ल्याएको जनता क्याम्पसको आइसोलेसनमा मात्र ८७ जनाले उपचार गराएकोमा हालसम्म ७६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य शाखा प्रमुख मण्डलले बताए ।

सम्बन्धित समाचार

सिँचाइका लागि बनाएको पोखरीमा डुबेर वृद्धको मृत्यु

इलाम, १० कात्तिक-इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका- ३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेका छन् । गए राति घरबाट निस्किएका खत्री आज बिहान पोखरीमा डुबेको...

कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने

काठमाडौं, २२ साउन । कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने भएको छ । भुटानबाट शुक्रबार तीन लाख डोज एस्ट्राजेनेकाको खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दोस्रो मात्रा लगाउन लागिएको हो । ‘२५ गतेदेखि...

गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...

राष्ट्रपति भण्डारीको आह्वान : घरमै बसेर सरकारलाई सहयोग गरौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पनि देखिएको कोविड–१९ विरुद्ध आ–आफ्नो ठाउँबाट क्रियाशील हुन सबै पक्षलाई आग्रह गरेकी छन् । बिहीबार तेस्रो नेपालीलाई कोरोना संकम्रमण पुष्टि भएपछि एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले घातक भाइरसविरुद्धको अभियानलाई सुदृढ...

भारतमा एकै दिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

एजेन्सी, ६ असोज-भारतमा एकै दिनमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामी संक्रमणमुक्त भएका छन् । केन्द्रीय...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

विदेशबाट फर्कनेलाई यस्तो छ क्वारेन्टिन व्यवस्थापनको तयारी

काठमाडौं, १६ जेठ-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् । खाडी मुलुकमा श्रमका लागि गएर फर्कन लागेका नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने...

एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट

सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्