अमलेखगञ्ज डिपोका १६ कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

 न्यूज विराट
अमलेखगञ्ज डिपोका १६ कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

जनकपुरधाम,   ९ भदौ-देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार  संक्रमितमध्ये अधिकांश प्रशासन र निगममा सरसफाई गर्ने कर्मचारी छन् ।

निगम तथा मातहतका ८१ जनाको स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा गरिएको पीसीआर परिक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको उनले बताए ।

संक्रमण पुष्टि भएपछि निगमले आफना संक्रमित कर्मचारीलाई पायक पर्ने स्थानीय होटलको आइसाेलेसनमा आइसाेलेट गरिएको छ ।  संक्रमित कर्मचारीको सम्पूर्ण खर्च निगमले ब्यहाेर्नेसमेत बताइएको छ ।

प्रजिअ पण्डितका अनुसार संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय ७२ घण्टाका लागि सिल गरिएको छ । संक्रमण पुष्टि भएपश्चात समेत इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका काठमाडौंबाट कर्मचारी आउन लागेको उनले जनाए ।

सम्बन्धित समाचार

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता

विराटनगर । कोशी प्रदेश सरकार मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ वटै जिल्लामा रहेको सरकारी हस्पिटलहरुमा ल्याब सेवा विस्तार गरेको छ ।विराटनगर १४ मा रहेको प्रयोगशालाले कोशी प्रदेश भित्रको १४ जिल्ला अस्पताल र पाँच वटा...

गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

विराटनगर,जेठ ३–मोरङको सुन्दरहरैचा नगरपालिका– १० विराटचौक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको...

गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको...

युरोपका राजदूतहरूलाई नेपालीको सहयोगका लागि तयार रहन निर्देशन

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले युरोपमा रहेका नेपालीबारे चासो राखेका छन् । कोरोना भाइरस संक्रमणको भयाभह स्थिति रहेको युरोपमा रहेका नेपालीका बारेमा चासो राख्दै त्यहाँस्थित नेपाली राजदूतहरूसँग कुराकानी गरेका हुन् । मन्त्री ज्ञावलीले आज युरोपस्थित नेपाली राजदूतहरूसँग...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्