फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

 न्यूज विराट
फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्त्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरको आधारमा १ सय प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

 उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराउने नगर प्रवक्ता बस्यालले बताए । यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक, स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए । बैठकले ६०औँ बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५ जना स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बिमा कम्पनीमार्फत कोरोना बिमा प्रक्रिया अगाडि बढाउने निर्णय भए पनि ६१औँ बैठकले २० जनासम्मको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

यस्तै टोखा–२ मा रहेको सार्वजनिक जग्गामा आइसोलेसन सेन्टर स्थापनाका लागि स्रोत, साधन, आवश्यकता र औचित्यताका आधारमा अध्ययन गरी प्रतिवेदन पेस गर्न नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नगरप्रमुख अधिकारीले बताए ।

कार्यपालिकाको बैठकले नगरपालिकाअन्तर्गत वडाध्यक्षले बुझिलिएका मोटरसाइकल, स्कुटर वडा कार्यलयको नाममा हस्तान्तरण गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

टोखा–२ चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गर्ने भएको छ । नगरपालिकाभित्रका खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिँदै आएकोमा आगामी दिनदेखि ५ बजेदेखि ९.१५ बजेसम्म खोल्न दिने बैठकले निर्णय गरेको छ । टोखामा अहिलेसम्म ९२ जनामा कोरोना सङ्क्रमण देखिइसकेको छ । तीमध्ये ६३ जना सक्रिय संक्रमित छन् । नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै शनिबार मात्र १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ । (रासस)

सम्बन्धित समाचार

आज प्रदेश १ मा अहिलेसम्मकै धेरै ५ सय ५२ संक्रमित थपिए

विराटनगर २४ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा सुनसरीमा तीन सय १०, मोरङगमा एक सय...

पूर्वी नाकामा अलपत्र नेपालीलाई प्रकृया पुर्याएर नेपाल प्रवेश ः मुख्यमन्त्री राई

विराटनगर, चैत १०–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाको स्थलगत निरीक्षण गर्दे मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल...

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

एक कार्यालयबाट मात्र इजाजत दिन निर्माण व्यवसायीको माग

विराटनगर । निर्माण व्यवसायीहरुले एक कार्यालयबाट मात्र इजाजत दिन सरकारसँग माग राखेका छन् । अहिले निर्माण इजाजत गाउँपालिका स्तर बाट सोझै दिने व्यवस्था गरिएको छ । जसले गर्दा यसरी बाडिएका इजाजतहरूको रेकर्ड समेत जिल्ला संघहरू...

वनवासा र टनकपुरमा अलपत्र नेपाली घर आउन पाउने

काठमाडाैं, २४ वैशाख-भारतीय सीमानाका वनवासा र टनकपुरमा अलपत्र परेका नेपालीलाई सरकारले स्वदेश ल्याउने भएको छ । ३५ दिनदेखि लकडाउनका कारण कञ्चपुरको भीमदत्त नगरपालिकासँग जोडिएका सीमानाका वनवासा र टनकपुरका अलपत्र नेपालीलाई आवश्यक स्वास्थ्य जाँचपछि स्वदेश ल्याइने...

एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा...

नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...

काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना

विराटनगर । काठमाण्डौं विश्व विद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगर १४ स्थित एस्पायर कलेज परिसर भित्र स्थापना गरिएको हो । सम्र्पक कार्यालयको उद्घाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्