सीपीएल : सन्दीपले २ विकेट लिएको खेलमा जमैका पराजित

 न्यूज विराट
सीपीएल : सन्दीपले २ विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं, ७ भदौ-वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा अन्तगर्त गयना अमेजन वारियर्सविरुद्ध नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज १४ रनले पराजित भएको छ ।

गएराति भएको खेलमा वारियर्सले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन मात्र जोड्न सक्यो ।

उसका लागि विस्फोटक ब्याट्सम्यान आन्द्रे रसेलले ५ छक्का र ४ चौकासहित ३७ बलमा अविजित ५२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा वारियर्स टिमका कप्तान क्रिस ग्रीनले सबैभन्दा बढी २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वारियर्सले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रन बनायो ।  उसका लागि ब्रेण्डन किंग्सले सर्बाधिक २९ रन बनाए । बलिङमा जमैका तल्लावाजका मुजीउर रहमान, कार्लोस ब्रार्थवेटले ३र३, आन्द्रे रसेलले १ र सन्दीप लामिछानेले ४ ओभरमा ८ रन दिएर २ विकेट लिए । जमैकाको यो लगातार तेस्रो हार हो । वारियर्सले भने ३ म्याच खेल्दा २ मा जित र १ खेल मात्र हार ब्यहोरेको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, ८ असोज-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरबाट आज ४ सय ५७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५०...

मकालु आधार शिविरबाट युक्रेनी नागरिकको उद्धार

संखुवासभा, २९ वैशाख-मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि पलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको...

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २२ जेठ-लकडाउनबारे छलफल गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री सरकारी निवास अपरान्ह ४ बजे बस्ने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री...

लाखे नाच पर्वलाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू

विराटनगर । नेवार सामुदायका लाखे नाच पर्व लाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू बनाएर लागू गरिएको छ ।भी पुचः बिराटनगर, नेवा ः दे दबु मोरङ , बिराट नेवाः पुच , रानी...

बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...

शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा आर्मीको विजय सुरुवात

विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्