पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ६ भदौ-वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन् । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । 

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको उपचारमा संलग्‍न चिकित्सकले जानकारी दिए ।

मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो।

त्यस्तै, गएराति वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का १ संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।

मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराई हस्पिटलमा लगेर भर्ना गरिएको थियो ।  योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४...

पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

पोखरा, १४ असोज-कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही १५ असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन...

भूमी आयोगको काम द्रुत गतिमा अगाडी बढ्दै, १४ वटा पालिकामा अभिमुखिकरण

विराटनगर । भूमी समस्या समाधान आयोग मोरङका पदाधिकारीहरुले जिम्मेवारी सम्हालेसँगै काम द्रुत गतिमा अघि बढेको छ । आयोग मोरङका अध्यक्ष नविन पौडेल, सदस्यहरु विजय डाँगी र गणेश कुमार खड्का नियुक्त भएर आएसँगै काम तिब्र गतिमा...

मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूको माग

विराटनगर, ७ चैत । मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूले माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश १ को १३ औं साधारणसमा निर्माण व्यवसायीहरूले मोसिवलाईजेशन शुल्कमा एकरुपता ल्याइ २० प्रतिशत बनाउन...

प्रतिनिधिसभा विघटनबारे आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

काठमाडौं, २२ पुस-प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, अधिवक्ता दिनेश...

संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला

काठमाडौं, १८ जेठ-संविधान दोस्रो संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला भएको छ । सभामुख अग्नि साप्कोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेस गरेको नेपालको संविधानको दोस्रो...

उच्च शिक्षा अध्ययनका लागि दुई छात्रालाई छात्रबृत्ति

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउने जेहेन्दार छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययनका लागि क्लबले दुई जना छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको हो । छात्राहरुलाई अध्ययनमा सहयोग भनेर दुई जनालाई...

संक्रमित बढेपछि लकडाउनका विषयमा उच्चस्तरीय समिति अन्योलमा

काठमाडौं, २२ वैशाख-२५ वैशाखपछि जारी लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सरकार अन्योलमा परेको छ ।लकडाउनबारे सुझाव दिन बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा २५ वैशाखपछि के गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्