देशभर संक्रमितको संख्या ३० हजार नाघ्यो

 न्यूज विराट
देशभर संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौं, ५ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । यीमध्ये १२ हजार १३२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ५४६ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार ५८६ जना होम आइसोलेसनमा रहेका छन् ।

आज १३ हजार ५८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर विधिबाट कोरोना कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । १२ हजार २३४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोक

कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

रोटरी क्लबलाई सिद्धार्थ बैंकको सहयोग

विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो । डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै...

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसको माग

सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता...

पदक ल्याउने कराँतेका ११ जना खेलाडीलाई सम्मान

विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने...

एनसिडिएको तीन जिल्ला भेला सकियो, स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न जोड

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आयोजना गरेको तीन जिल्लाको भेला सकिएको छ ।विराटनगरमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाको मंगलबार भेला आयोजना गरेको हो । उक्त भेलाले औषधी व्यवसायीहरुको हक...

लकडाउन खुकुलाे भए पनि विद्यालय तत्काल नखुल्ने

काठमाडौं, १४ वैशाख-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा २२ चैतदेखि सञ्चालित अनलाइन...

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्