लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

 न्यूज विराट
लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो ।

रंगेलीमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले भदौ १० गते सम्म लकडाउन घोषणा गरेको छ । तर, बुधबार स्थानीयले व्यापक मात्रामा लकडाउन उल्लंघन गर्न थालेपछि आमगाछी प्रहरी चोकि(ख) बाट खटिएको प्रहरीको टोलिले कडाई गरेको थियो ।

प्रहरीले कडाइका साथ अत्यवश्यक बाहेक बजार पशल बन्द गर्न थालेपछि आक्रोशित स्थानीय प्रहरी माथि जाइलागेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले साँझ ७ बजे लाठी चार्ज गरेको थियो । झडपमा केही प्रहरी र स्थानीय सामान्य घाइते भएका छन् ।

लाठी चार्जपछि स्थानीयले केहीबेर प्रहरी चौकी घेराउ गरेका छन् । प्रहरीले ज्यादती गरेको भन्दै करीब ३ सय जनाको संख्यामा रहेका स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए ।

स्थानीय सुरेन्द्र मंण्डलका अनुसार लकडाउनका नाममा स्थानीय माथि प्रहरीले ज्यादती गरेको भन्दै प्रहरी चौकी घेराउ गरिएको हो । कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

बिहिबार बिहान सो विषयमा छलफल गर्ने सहमति भएपछि अहिले अवस्था सामान्य भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको रंगेलीमा बुधबार मात्र पनि ५ महिला ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए । खोप...

लक डाउन उल्लंघन गर्ने २ सय ३४ सवारी मोरङ प्रहरीको नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...

कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...

प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

विराटनगर । कोशी प्रदेशसभाको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले भ्रष्टचार र अनियमिततामा छानविन गरिनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको प्रदेशभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।शुन्य समयमा प्रदेश सभा सदस्य...

कोरोना संक्रमणबाट बिहारका मन्त्रीको निधन

एजेन्सी, ३० असोज-भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

विराटनगर, ३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङगमा एक सय ४४, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा छ, संखुवासभामा चार, इलाममा एक र प्रदेश...

विवाहमा प्रयोग हुने सवारी साधन पासबिना सञ्चालन हुन पाउने

कञ्चनपुर, ७ वैशाख=कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्