प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार ८८३ पुगेको छ । बुधबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साका छन् । पर्सामा १ सय ९६, सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ७ र सप्तरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका जनस्वासथ्य प्रशासक विजय झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा उपचारपश्चात १२ जना महिलासहित ८६ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ महिलासहित ३ जनाको मृत्यु भएको उनले बताए । मृत्यु हुनेहरूमा पर्सा जिल्लाका ६० र ८२ वर्षका २ पुरुष र ४० वर्षीया १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

सम्बन्धित समाचार

भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरुक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झण्डा झुकाउने बुधबार निर्णाय गरेको...

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौं, १० वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा बुधबार साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेका...

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

डडेल्धुरा, १८ जेठ-डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला...

कक्षा १२ को नतिजा सार्वजनिक, विराटनगरको कुन विद्यालयको कस्तो नतिजा ?

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका निजी र सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा ल्याएका छन् । यहाँका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगर – ३ मा रहेको पोखरीया...

पीसीआर परीक्षणको मूल्य समायोजन

काठमाडौं, १५ भदौ-सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।...

रानी मिनी महोत्सवमा चर्चित कलाकार अन्जु कुश्मी आउने, प्रणय– दिवसमा धमकेदार प्रस्तुती दिइने

विराटनगर । विराटनगर १५ गौतम बुद्ध स्कुल अगाडी सुरु भएको रानी मिनी महोत्सवमा चर्चित  चर्चित गायिका तथा मोडल अन्जु कुश्मीको प्रस्तुती रहने भएको छ । फागुन २ गते प्रणय – दिवसको दिन उनले उक्त महोत्सवमा...

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...

विराटनगरमा माओवादीको मार्च पास, तीन महिने अभियान सुरू

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो । माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्