सबै जिल्ला प्रशासनलाई निषेधाज्ञाको अधिकार

 न्यूज विराट
सबै जिल्ला प्रशासनलाई निषेधाज्ञाको अधिकार

काठमाडौं, २ भदौ-संघीय सरकारले काठमाडौं उपत्याकासहित सबै जिल्लाहरू जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बै्ठकको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्‍चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । 

‘संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड- १९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई मुकरर गरी अधिकार सुम्पने’ निर्णय भएको उनले बताए ।

सरकारले निशेधाज्ञा जारी भएको क्षेत्रमा रहने सरकारी तथा सार्वजनिक कार्यालयहरूले न्यूनतम संख्याका कर्मचारीबाट काम चलाउन र अन्यलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा अत्यावश्‍यक कामबाहेक बाहिर ननिस्कनका लागिसमेत आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित...

एनसीडिए कोशी प्रदेशको निर्वाचन : धनराज काफ्ले समूहको आक्रमक चुनावी प्रचार

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेको समूहको चुनावी अभियान आक्रमक देखिएको छ । आफ्नो चुनावी प्रतिवद्धता सुनाउँदै अध्यक्षको उम्मेदवार काफ्लेको समूहको अभियान तिव्र...

कोरोना संक्रमणबाट विराटनगरमा थप १ महिलाको मृत्यु

विराटनगर, भदौ १०–कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षिया महिलाको गएराती ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट...

कानेपोखरीमा जग्गा खरिदमा घोटला : गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई...

८१ दिनपछि जानकी मन्दिर पूजापाठका लागि खुल्ला

जनकपुर, ४ असार-कोरोना महामारीका कारणले गत ८१ दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खोलिएको छ । महामारीको नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका...

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...

कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने

धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, १२ असार-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार १ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्