विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १/१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १/१ पुरुष, पाँचथरको कुम्मायक, धनुषा र महोत्तरीका १/१ महिलामा संक्रमण पटि संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ । प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ । प्रदेश १ मा मंगलबार आज २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न

विराटनगर, चैत १९ – "मर्यादित सहकारीः समुन्नत समाज" नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न भएको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ ।  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका हुन् । बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन् । ‘प्रहरी र सेनालाई मेरो आदेश छ, यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नू’ बुधबार देशबासीका नाममा गरिएको सम्बोधनमा उनले भने, ‘म उनीहरूलाई गाड्न तयार छु।’ बुधबार मनिलाको एक बस्तीमा खाना नपाएर आन्दोलन गरिरका बासिन्दाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि राष्ट्रपितको यस्तो वक्तव्य आएको हो । उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन् ।फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ ।

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश...

विराटनगरमा बैंकबाट पैसाँ झिकेका व्यापारीमाथि खुकुरी प्रहार, साथी पक्राउ

विराटनगर । विराटनगरमा बैंकबाट पैसाँ झिकेका एक जना व्यापारीमाथि बिहीबार दिउँसो खुकुरी प्रहार भएको छ । विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि स्थानीय रामकुमार साहले खुकुरी प्रहार गरेका हुन् । ट्राफिक चोकमा उनले ग्लोबल...

बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...

सचिवालय भाँडिएपछि नेकपा स्थायी समिति अनिश्चित

काठमाडौं, २४ वैशाख-नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि वस्ने भनिएको स्थायी समिति बैठक स्थायी समिति अनिश्चित बनेको छ । बैठक वीचमै छाडेर अध्यक्ष...

हुण्डी कारोबारीसँग रकम असुल्ने २ प्रहरी पक्राउ

काठमाडौं, १० असार -महानगरीय अपराध महाशाको टोलीले हुण्डीकाे कारोबारमा संलग्न रहेको आरोपमा २ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरू सादा पोशाकका प्रहरी रहेको महाशाखाले जनाएको छ । अपराध महाशाखा स्रोतका अनुसार पक्राउ पर्ने...

प्रदेश १ को बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक

विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्