२२ घण्टापछि सेनाले उठायो वृद्धाको अलपत्र शव

 न्यूज विराट
२२ घण्टापछि सेनाले उठायो वृद्धाको अलपत्र शव

विराटनगर, ३२ साउन|शनिबार राति मृत्यु भएकी विराटनगर–३ की बृद्धाको शव नेपाली सेनाले उठाएको छ । वृद्धाको छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्तेष्टिमा आफन्त तथा छिमेकी संक्रमणको डरले नआएपछि समस्या भएको थियो ।

नेपाली सेनाको टाँढी स्थितव्यारेकबाट आएको कोरोना संक्रमितको शव व्यवस्थापन टोलीले वृद्धाको शव आइतबार साँझ साढे ७ बजे बेलुका लगेको हो । उनको शव कानेपोखरीको जंगलमा व्यवस्थापन गरिने नेपाली सेनाले जनाएको छ ।

गत मंगलबार कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा बस्दै आएका पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतकी ८७ वर्षीया आमाको शनिबार राति मृत्यु भएको थियो ।

कोरोना संक्रमित भएपछि मारवाडी सेवा सदनको आइसोलेशनमा बस्दै आएका उनको परिवारका तीनै जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै बृद्धा आमाको मृत्यु भएको हो ।

आइतबार विहान परिवारका ३ जनाको रिपोर्ट आउँदा बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएको छ भने मृतक बृद्धाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

विराटनगर– ३ का वडाध्यक्ष विनोद बस्नेतका अनुसार एकैघरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बृद्धाको रिपोर्ट नेगेटिभ आएपनि उनको अन्तिम संस्कारमा समस्या भएकोे थियो ।

सम्बन्धित समाचार

पार्टी विभाजन इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विभाजन इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कुरा कुनै नौलो नभई...

अर्किटको वक्तृत्वकलामा शर्मिष्टा प्रथम

विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् ।बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् ।‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’...

काठमाडाैंमा सुरक्षित अवतरण गरेकाे बुद्ध एयरकाे जहाजमा सवार थिए ७३ यात्रु

काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो । त्यतिञ्जेल...

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न...

किराँत समुदायले आज उँभौली पर्व मनाउँदै

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा...

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यका लागि हिँडेका सर्वसाधारण बाटोमै अलपत्र परेका छन् । इलाम नगरपालिका–८ मा पर्ने यो सडकखण्डमा शनिबार बिहान सुख्खा...

एमाले महाधिवेशन : मञ्च अत्याधुनिक प्रविधियुक्त, महाधिवेशन स्थल ड्रोनले निगरानी

काठमाडौं, ६ मंसिर ।  नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्