आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

 न्यूज विराट
आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

झापा, ३२ साउन-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै ६ भदौ राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । दूधका पसल दैनिक बिहान ६ देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।

लकडाउनका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्सबाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताइन् । हिजो दमकमा एकैपटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

काठमाडौं, २२ कात्तिक-कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

पूर्वाञ्चल विश्व विद्यालयले शिक्षण अस्पतालको लागि कोसी प्रयोग गर्ने, मेडिकल कलेजको बाटो खुल्यो

विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने सिंघय सरकारले निर्णय भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत...

सीके राउतको पार्टीका कार्यकर्ताले कार्यालय प्रमुखलाई कालोमोसो दले अनि जनकपुर परिक्रमा गराए

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपनी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर जनकपुरधाम परिक्रमा गराएका छन् ।

‘नेपालको नयाँ नक्सा जारी गरौँ, सीमामा बाँध कसौँ’

काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...

स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

विराटनगर, फागुन २९–प्रदेश–१ को मन्त्रिपरिषद्ले स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति दिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयका विषयमा जानकारी दिंदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई...

प्रधानन्यायाधीश जबराले आज पनि सबै खालका मुद्दामा तोके पेसी

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको छन् । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका हुन् । उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी...

रोजगारमुखी शिक्षा आजको आवश्यकता

विराटनगर । सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् । अल्फाबिटाले विराटनगरमा शनिबार आयोजना गरेको विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण विषयक कार्यक्रममा वक्ताहरूलले यस्तो बताएका हुन् । उनीहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्