कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

अत्यधिक ज्वारो र श्वासप्रश्वासमा समस्या भएपछि न्युरो अस्पताल हुँदै उनलाई शनिबार प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । मृतक महिलालाई फोक्सो, थाईराइड र मुटुको पनि समस्या रहेको बताईएको छ । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भईरहेको प्रतिस्ठानले जनाएको छ ।

विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस अघि विराटनगर–९ का २ जना, विराटनगर ३, ५, १० र १५ मा १/१ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका...

अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाल दोस्रो

विराटनगर । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडी दोस्रो भएको छ । भारतको हिमान्चल प्रदेशमा हालै सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडीहरुले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर द्धितीय भएको...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : नरपथगञ्ज र एपीएफ विजयी

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

लुक्लाबाट १४ अष्ट्रेलियनको उद्धार

सरकारले लुक्लाबाट १४ अष्ट्रेलियन नागरिकको उद्दार गरेको छ । बिहीबार पोखरा र लुक्लाबाट आएकासहित ३०० युरोपेलि नागरिक फिर्ता भएको अवस्थामा अन्य विदेशी नागरिकलाई पनि ठाउँमा ठाउँबाट काठमाडौं, ल्याइँदै छ । लुक्लामा धेरै पर्यटकहरु अलपत्र परेको...

दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् । २४(२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै...

विराट एक्स्पो २०७६ सुरु, अर्थमन्त्री खतिवडाले गरे उद्घाटन

विराटनगर, फागुन २–विराटनगरमा शुक्रबारदेखी विराट एक्स्पो (अन्तराष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) सुरु भएको छ । एक्स्पोको केहीवेर अघि अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्