विराटनगर, ३१ साउन–समुदायस्तरमा तिब्ररुपले कोरोना संक्रमण फैलँदै गएको विराटनगरमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार विहान थप २५ जनामा पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएकाहरु ८ महिला र १७ पुरुष छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।
महानगरपालिकाका अनुसार विराटनगर १ मा १ जना, ३ मा ५ जना, ५ मा २ जना, ६ मा ५ जना, ८ मा १ जना, ९ मा २ जना, ११मा १ जना, १३ मा १ जना, १५ मा १ जना, १६ मा ३ जना र १७ मा २ जना संक्रमित थपिएका हुन । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ७६ जना कोरोनामुक्त भएका छन् ।