लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

 न्यूज विराट
लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन-सिन्धुपाल्चोकको जुगल- २, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाले ११ जनाको शव झिकिएको बताए ।

शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा ३८ जना पुरिएका थिए । ३८ जनामध्ये ११ जनाको शव फेला परेको वडा अध्यक्ष लामाको भनाइ छ ।पहिरोमा परी बेपत्ता भएका अन्य २७ जनाको उद्धार कार्य जारी रहेको उनको भनाइ छ । ‘अहिले ११ जनाको शव निकालिएको,’ उनले भने, ‘बेपत्ता अन्यको खोजी गर्ने कार्य भइरहेको छ ।’

त्यस्तै, पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ४ जनाको चौतारामा र गम्भीर घाइते १ जनाको काठमाडौंमा उपचार भइरहेको उनको भनाइ छ ।

शुक्रबार बिहान आएको पहिरोले ३७ घरमा क्षति पुर्‍याएको उनले बताए । अहिले उद्धारका साथसाथै घरबारविहीन भएका स्थानीयका लागि वैकल्पिक वासको व्यवस्थापन भइरहेको उनको भनाइ छ । उनका अनुसार पहिरोका कारण १ सय ७२ घर उच्च जोखिममा परेका छन् ।

सम्बन्धित समाचार

मेरिल्याण्डका रमननाथ गिरीलाई मिस्टर पूर्वाञ्चलको उपाधि

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...

पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइबाट घर गएका ६ जनामा कोरोना पुष्टि 

डडेल्धुरा, १२ असार-आत्महत्या गर्ने धम्की दिँदै क्वारेन्टाइबाट घर गएकी कञ्चनपुरकी १ महिलासहित ६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माबिको क्वारेन्टाइनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा...

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति...

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, ४ असार-नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि बिहीबार विधेयक पेस गरिएको थियो । राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर आएको...

रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न

विराटनगर, २३ माघ । मोरङको रंगेलीमा सन्थाल समुदायका महिलाहरु स्वरोजगार बन्ने भएका छन् । तराईको आदीवासी विपन्न सन्थाल समुदायका महिलाहरुलाई रंगेली नगरपालिकाले स्वरोजगार बनाउने भएको हो । उनीहरुलाई स्वरोजगार बनाउन रंगेली नगरपालिका, उद्यम विकास उपशाखाले...

कोरोना संक्रमित भेटिएपछि रणनीति परिवर्तन गर्दै सरकार

नेपालमा पनि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि सरकारले रोकथाम तथा नियन्त्रणको रणनीति बदलेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले रणनीति परिवर्तन गर्दै सर्विलियन्सको दायरा बढाउन लागेको हो...

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा...

५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमा

कर्णाली,  ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये  २ सय ३७ जना  अर्थात ५२ प्रतिशत संक्रमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्