नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

 न्यूज विराट
नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

काठमाडौं, ३० साउन-नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन् । नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतीका लागि मन्त्रालयमा पेस गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो ।

विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउन जरुरी रहेकाले अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जानकारी दिएको छ । अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् ।

सम्बन्धित समाचार

स्वास्थ्य सेवा विभागलाई खारेज गरिने

काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने  घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

रोटरी भवनमा मानसिक स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा मानसिक स्वास्थ्य समन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रख्यात मनोचिकित्सक डा. राजन मिश्राले मानसिक स्वास्थ्यमा देखा पर्ने समस्या र समाधानका उपायबारे प्रकाश पारे...

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २९ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गराए ।

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

नाराणकाजी श्रेष्ठले भने : सांसद विकास कोषलाई कोभिड-१९ नियन्त्रणमा प्रयोग गरौँ

काठमाडौं, २९ चैत-सांसद विकास कोषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथाममा लगाउनु पर्ने माग बढिरहेको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोभिड-१९ नियन्त्रणमा उक्त कोष प्रयोग गर्न ढिला गर्न नहुने...

शिक्षादीप स्कुलमा सिंगीन र डान्सिङ्ग प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिन स्टार र डान्सिङ स्टार प्रतियोगिता आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त प्रतियोगिता भएको हो । शिक्षादीप सिंगीन स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्