विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

 न्यूज विराट
विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् ।

विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर–९ का रहेका छन् । सो वडामा ५ महिला र ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै विराटनगर १२ मा ८ जना पुरूलाई संक्रमण पुष्टि भएको छ ।

विराटनगर २ मा २ जना, ३ मा ५ जना, ५ मा ४ जना, ६ मा ५ जना, ७ मा २ जना, ८ मा ६ जना, १० मा ४ जना, ११ मा २ जना, १३ मा २ जना, १६ मा १ र १७ मा ४ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको जनाएको छ । वडा नखुलेका ५ पुरूष र १ महिला गरि अन्य ६ जना पनि विराटनगरकै छन् ।

विराटनगरमा बिहिबार ६० जना थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् । कोरानोबाट महानगरभित्रै ५ जनाको मृत्यु भएको छ ।विराटनगरस्थित कोशी अस्पतालका थप एक जना नर्सलाई बिहीबार कारोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्याबमा गराएको कोरोना परीक्षण रिपोट अनुसार एक जना नर्सलाई कोरोना पुष्टि भएको हो । योसँगै अस्पतलामा संक्रमितको संख्या १८ पुगेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. चुमनलाल दाशले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

विराटनगर, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

पोखरीया स्कुलमा भर्ना हुन प्रवेश परीक्षा, ४ सयको कोटामा १८ सय ५३ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन मस्किल परिरहेको छ । तर, विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयलाई भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स)...

आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं,  २ कात्तिक-आज बडादसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या...

राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो...

गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम हुन सुरक्षाकर्मीलाई गृहमन्त्री लेखकको निर्देशन

विराटनगर । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम भएर सुरक्षा प्रदान गर्न निर्देशन दिएका छन्।नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अनि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक...

अमेरिकी कम्पनीले गर्‍यो अष्ट्रेलियामा कोरोनाविरुद्धको खोप परीक्षण

एजेन्सी, जेठ १४-संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा...

आजदेखि विराटनगरमा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आदेश

विराटनगर, २९ पुस । पछिल्लो समय विराटनगरसहित मोरङमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले कडाई गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले २२ बुँदे आदेश जारी गर्दै कडाई गर्न थालेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्