मोरङमा ८८ सहित प्रदेश १ मा अहिलेसम्मकै धेरै ११५ संक्रमित थपिए

 न्यूज विराट
मोरङमा ८८ सहित प्रदेश १ मा अहिलेसम्मकै धेरै ११५ संक्रमित थपिए

विराटनगर, साउन २९-बिहीबार मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो ।

गएको २४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाभित्र मात्र बिहीबार एकैदिन ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । यस्तै मोरङको बुढीगंगा गाउँपालिका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित सबै पुरूष छन् ।

बुढीगंगा देखिएका संक्रमितमध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन् । त्यस्तै बुढीगंगा २ का ३ जना र ७ का १ जना रहेका छन् । कटहरीमा तीन जनामा संक्रमण देखिएको छ ।

सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जनामा संक्रमण देखिएको छ । इटहरीमा १० पुरुष रज्ञ ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबीमा ३ र रामधुनीमा १ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा १ जना, इलामा ४ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १६२६ पुगेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ । मृत्यु हुनुमध्ये २ जना प्रदेश नं. २ का हुन् भने ८ जना मोरङका हुन् । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

सम्बन्धित समाचार

मिल्दो जुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ती जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो...

भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

एजेन्सी, २७-कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको दिल्लीस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ । समाचार...

नेकपा मोरङद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

विराटनगर, बैशाख ५–नेपाल कम्युनिष्ट पार्टी(नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।...

ट्रम्पले हार स्वीकार नगर्नु राष्ट्रपतिको बिरासत विपरीत : बाइडेन

एजेन्सी, २६ कात्तिक-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भोगेको हार स्वीकार गर्न नमान्नु राष्ट्रपतिको बिरासत विपरीत भएको बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछिको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो...

प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

विराटनगर, २२ भदौ–पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र...

नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, ५ जेठ-नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एकै दिन बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नैनापुरमा रहेका ४७ जनामा...

यूएईद्वारा नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला

काठमाडौं, ८ असोज । यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । कोरोना महामारीका कारण नेपालसहित भारत, पाकिस्तान, सियरा, लाइबेरिया, नामिबिया, नाइजेरिया, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई...

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति भण्डारी

काठमाडौं, १४ साउन-राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्