कोरोनाको ‘हटस्पट’ बन्दै विराटनगर, थप २७ जना संक्रमित

 न्यूज विराट
कोरोनाको ‘हटस्पट’ बन्दै विराटनगर, थप २७ जना संक्रमित

विराटनगर, २९ साउन-विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरमा परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । 

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार जना महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार विराटनगर–२ मा २ जना, विराटनगर–३ मा १, वडा नम्बर ५ मा ३, वडा नम्बर ६ मा २, वडा नम्बर ८ मा ५ र वडा नम्बर ९ मा ४ जना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर १० मा २ जना, वडा नम्बर १२ मा ४, वडा नम्बर १७ मा ३ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमितहरु १५ वर्षदेखि ७४ वर्ष उमेर समूहका छन् । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ । ती मध्ये ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विराटनगरमा हालसम्म ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

सामान बोक्न नेपाल एयरका २ जहाज आज चीन जाने

काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

एजेन्सी, १८ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि प्रभावशाली जीत हात पारेको छ । लिड्सको मैदानमा भएको खेलमा लेस्टर सिटी लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको...

प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।  बीपी...

ओली-प्रचण्डबीच आज पनि ३ घण्टा छलफल

काठमाडौं, ४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम...

यसपालिको मनसुन जोखिमपूर्ण, १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका...

कोरोना पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राखिने

काठमाडौं, १ असार-कोरोना भाइरस पोजिटिभ देखिएका सबैलाई अस्पतालमा नराखिने भएको छ । स्वास्थ्य मन्त्रालयको कोरोना रेस्पोन्स प्लान अनुसार अब पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राख्न लागिएको हो । यद्यपि उनीहरूको निगरानी भने गरिने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्