नेपालले संशोधित नक्सा राष्ट्रसंघलाई उपलब्ध गराउने

 न्यूज विराट
नेपालले संशोधित नक्सा राष्ट्रसंघलाई उपलब्ध गराउने

काठमाडौं, २८ साउन-गत ३१ जेठमा संघीय संसदले संशोधन गरेको नेपालको नयाँ नक्सालाई संयुक्त राष्ट्र संघमा पठाईने भएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले त्यसका लागि बिहीबार औपचारिक रुपमा पत्रमा हस्ताक्षर गरेपछि संशोधित नक्साको जानकारी राष्ट्र संघमा पठाइने भएको हो ।

‘हालै संशोधन भएको नेपालको नक्साका बारेमा राष्ट्र संघलाई जानकारी गराउँदैछौं,’ मन्त्री अर्यालले भनिन्, ‘त्यसका लागि भोलि मन्त्रालयले पत्र तयार पारेपछि हस्ताक्षर गरेर परराष्ट्र मन्त्रालयलाई पठाउँछु ।’

उनका अनुसार पराराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारले संशोधित नक्साका बारेमा राष्ट्रसंघलाई औपचारिक रुपमा पत्राचार गर्नेछ । गत ३१ जेठमा संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भूमि समेटेर पूर्ववतः नेपालको राजनीतिक नक्सामा संशोधन गरेको थियो ।

नेपालको संसदवाट सर्वसम्मत रुपमा संसोधन भएको झन्डै ३ महिनापछि त्यसको जानकारी राष्ट्र संघलाई पठाउन लागिएको हो । त्यसका लागि भूमि व्यवस्था मन्त्रालयले आवाश्यक तयारी पूरा गरिसकेकाले बिहीबार औपचारिक रुपमा पत्राचार गर्न लागेको हो ।

सम्बन्धित समाचार

मोरङ बेरियारीको उखुबारीबाट १४ बोरा गाजा बरामद

विराटनगर । मोरङ प्रहरीले ठुलो परिमाणको गाँजा बरामद गरेको छ । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा गाजा प्रहरीले आज बरामद गरेको हो । भारततर्फ तस्करी हुन लागेको ४२२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका...

आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...

स्वास्थ्य परीक्षणबिना नेपाली भित्र्याइँदा जोखिम बढ्यो

काठमाडौं। जेठ १६-भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई...

बालुवाटारमा ओली–प्रचण्ड छलफल सकियो

 काठमाडौं, १६ वैशाख-प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।दुई...

नागरिक अगुवाले भने-सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन, निकास खोज

काठमाडौं, माघ २६ । नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् । सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास...

अनलाइनबाट सामान विक्रि गर्ने भन्दै ठगि गर्ने पक्राउ

विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।...

आज १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं, १८ साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट ४ गरी १८ शव पनि नेपाल ल्याइएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको...

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाडौं, असार १२ । चार महिना अघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ । अदालतको यो आदेशसँगै काउन्सिललाई कार्यकर्ता भर्तिकेन्द्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्