पत्रकार बलराम बानियाको शव मकवानपुरमा भेटियो 

 न्यूज विराट
पत्रकार बलराम बानियाको शव मकवानपुरमा भेटियो 

काठमाडौं, २८ साउन-कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरमा फेला परेको जनाइएको छ । 

उनको शव मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । बानियाँ सोमबारदेखि बेपत्ता थिए ।

उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ। बानियाँ तीन दिनदेखि परिवार, साथीभाइ र कार्यालयको सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । तनहुँ स्थायी घर भएका बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।

सम्बन्धित समाचार

नेपाल छाडेका वाटमोर बरोडाको प्रशिक्षक नियुक्त

काठमाडौं, ९ असोज । नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिक कारण देखाउँदै उनले नेपाली राष्ट्रिय क्रिकेट...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

उद्योग बाणिज्य महासंघको भवन निर्माणका लागि जग्गा प्राप्ती, चार तलाको भवन बन्ने

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले सचिवालय भवनका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर महानगरपालिका ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउंपालिका २ सक्मामा १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश...

नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५...

न्यूरोको दुई दिने वृहत स्वास्थ्य शिविर सुखीपुरमा, एक हजार बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखिपुर नगरपालिका ८स्थित जन जागृती युवा क्लब तथा सुखीपर उधोग व्यापार समितीको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो...

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

म्यान अफ द म्याच हुने खेलाडीलाई क्यूआरबाट भुक्तानी

विराटनगर । राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्