भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

 न्यूज विराट
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं, २६ साउन-भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आज गरिएको अस्पताल भिजिटका क्रममा गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको ट्विटमा उल्लेख गरेका छन् । ‘आज गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको छ,’ उनले भनेका छन् । साथै, उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न र तुरुन्तै कोरोनाको परीक्षण गराउन आग्रह गरेका छन् ।

यसअघि भारतीय गृहमन्त्री अमित शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचार भइरहेको छ । यता, भारतभर सोमबारसम्म कोरोना संक्रमितको संख्या २२ लाख २१ हजार ६ सय ४५ पुगेको छ ।  झण्डै १५ लाख ३६ हजार २ सय ५९ जना संक्रमित निको भइसकेका छन् । ज्यान गुमाउनेको संख्या ४४ हजार ४ सय ९९ पुगेको छ।

सम्बन्धित समाचार

महावीर पुनले आज एम्बुलेन्स चालकलाई निःशुल्क पीपीई बाँढ्ने

महावीर पुनले आज काठमाडौं उपत्यकाका एम्बुलेन्स ड्राइभरहरुलाई निशुल्क पीपीई बितरण गर्ने भएका छन् ।एम्बुलेन्स ड्राइभरहरुले पीपीइको अभावमा एम्बुलेन्स चलाउन नमानेका खवर सार्वजनिक भएलगत्तै पुनले आफ्नो आबिष्कार केन्द्रबाट पीपीइ बितरण गर्ने जानकारी दिएका छन् । उनले...

न्युयोर्क पुगे परराष्ट्रमन्त्री

पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित...

१ नं. प्रदेश सरकारले स्थापना गर्यो ‘कोरोना जनसुरक्षा कोष’, सवै मन्त्रीद्धारा १ महिनाको तलब जम्मागर्ने निर्णय

विराटनगर, चैत ११–प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त...

मलेसियामा लुटपाटमा संलग्न नौ नेपालीसहित ३१ जना विदेशी कामदार पक्राउ

मलेसियामा बाढीको आपत्कालीन अवस्थामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ विदेशी कामदार पक्राउ परेका छन् । मलेसियाली अनलाइन द स्टारका अनुसार बेला साहआलमको तमनश्री मुडास्थित सुपरमार्केट तोडफोड गरेको र त्यसमा संलग्न रहेको आशंकामा ९ नेपालीसहित...

महेन्द्र मोरङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका जसवन्त पौडेल निर्वाचित

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू अध्यक्षमा नेपाली काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् । पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत...

मगही भाषालाई मातृ भाषा उल्लेख गर्न विराटनगरका सरोकारवालाहरुको माग

विराटनगर, १० असोज । यस वर्षको राष्ट्रिय जनगणनामा मगही भाषालाई प्रत्येक मगही भाषीहरुले मातृभाषाको रुपमा लेखाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । भाषा संस्कृति प्रतिष्ठान, मोरङद्वारा “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण...

२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दोस्रो चरणको बृक्षारोपण

विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्