वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

 न्यूज विराट
वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो । 

मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पतालका डा. जेपी जैसवालले जानकारी दिए । मृतक महिला वीरगञ्ज महानगरपालिका–१५, भेडियाहीकी हुन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङ व्यापार संघ ट्रेड एक्स्पो शुक्रबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार...

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर, २६ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १...

मोरङको बुढीगंगामा लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीनको मृत्यु

विराटनगर। मोरङ बुढीगंगा गाउँपालिका – ४ प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

प्राविधिक शिक्षामा बढ्दो आकर्षण, विद्यार्थीको रोजाइमा कोशी हेल्थ

विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्