प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

 न्यूज विराट
प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम रहने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने प्रशासनले निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नकालागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको उनले बताए । साउन २० गते ढुवानी बाहेकका सवारी रोक्दै अत्यावश्यक बजार पसल सीमित समय खोल्ने निर्णय गरेको प्रशासनले भोलिपल्ट २१ गते राती १२ बजेदेखि लागु हुने गरी जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

उनका अनुसार निषेधित क्षेत्र घोषणा गरिएको अवधिभर सरकारी तथा सार्बजनिक संस्था र अत्यावश्यक सेवाका कर्मचारीले कार्यालयको कामका लागि हिँडडुल गर्न पाउने छन् ।

त्यसैगरी सरकारी नम्बर प्लेट र कर्मचारीले प्रयोग गर्ने सवारीका साथै अत्यावश्यक सेवा, ढुवानी र निर्माण सामाग्री बोकेका सवारी बाहेक सवै प्रकारका सवारी साधानको अवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बन्द गर्ने जिल्ला अधिकारी पोखरेलले बताए । उनका अनसार औद्योगिक क्षेत्रको हकमा स्वास्थ्य प्रोटोकल पालना गरि उद्योग सञ्चालन, कच्चा पदार्थ आयात र उत्पादित बस्तु बजारमा लैजान बाधा गरिएको छैन ।

सम्बन्धित समाचार

बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोभिड अस्पतालमा सुनसरीको इटहरी २० का ७८ वर्षीय वृद्धको सोमबार बिहान ३...

प्रदेश १ मा माधव नेपाल समुह कमजोर

बिराटनगर, भदौ ८ । नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्नुभएका माधवकुमार नेपालको समूह प्रदेश १ मा निकै कमजोर बनेको छ । संसदको अंकगणीतमा माधव समूहको उपस्थिति कमजोर रहने देखिएको हो । पार्टी...

यो वर्ष नेपालमा २ दिन ढिला भित्रियो मनसुन

काठमाडौं, ३२ जेठ-नेपालमा यो वर्ष २ दिन ढिलो मनसुन भित्रिएको मौसमविद्ले जनाएका छन् । मनसुन नेपालको पूर्वी भूभागमा १२ जुनमा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउनसमेत मौसमविद्ले आग्रह गरेका छन्...

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १ असोर ।ओखलढुङगा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी...

विराटनगरमा लागूऔषध सहित एक जना पक्राउ

विराटनगर, ७ असोज । बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन्  । हिजो बेलुका ५ बजे ईलाका प्रहरी...

बडादशैंको आठौं दिन महाअष्टमी, देशभरका शक्तिपिठहरुमा बलि दिइँदै

काठमाडौं,  ८ कात्तिक-हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिँदै छ । माता महागौरीलाई शुद्धिको प्रतीकमा रुपमा मान्ने गरिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी...

प्रदेश २ मा आज २६५ जना नयाँ संक्रमित थपिए

जनकपुरधाम, ५ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार  शुक्रबार धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्