सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

 न्यूज विराट
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले ५ वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए ।

पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरू पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले पार्टी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सीपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए ।  उनले भने, ‘व्यक्ति नभई  पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।’

उक्त अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश सङ्कटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानाको विकल्प नरहेको बताए ।

सम्बन्धित समाचार

बोल्न सिक्दै बालवालिका

विराटनगर । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अष्पस्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम...

शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

तनहुँमा शववाहनको अभाव खड्किएको छ । जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी...

‘लक डाउन’ अवधिभर मजदुर तथा विपन्नलाई खाद्यान्नको व्यवस्था हुनपर्छः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत १६–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गरेर जिवनयापन गर्ने विपन्न सुकुम्बासी परिवारलाई तीनै तहका सरकारबीचको समन्वयमा खाद्यान्न उपलब्ध गराउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको...

कोरोना रिपोर्ट नेगेटिभ आएकी मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

विराटनगर, साउन ३२–कोरोना सर्ने डरले कोही पनि छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । विराटनगर–की एक मृतक शनिबार मृत्यु भएपनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ...

माओवादीले पारित गर्यो १२ बुँदे समसामयिक प्रस्ताव

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । फागुन ३ गते बसेको उक्त बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको बिरोधमा आन्दोलनरत पक्षलाई गोलिहानी घाइते बनाएको घटनाको...

‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, तोकियो केन्द्रीय प्रतिनिधि

काठमाडौं, ७ भदौ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७...

५ दिनसम्म मनाइने कान्तिभैरव जात्रा स्थगित

काठमाडौं, १० वैशाख-बन्दाबन्दीका कारण प्रत्येक वर्ष वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि ५ दिनसम्म गोकर्णेश्वर नगर क्षेत्रमा मनाइने ऐतिहासिक कान्तिभैरव जात्रा स्थगन गरिएको छ । राजा मानदेवका पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा...

किड्स भिलेजमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । बिराटनगर – ५ स्थित किड्स भिलेज स्कुलमा खेलकुद सप्ताह सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नानीबाबूहरुलाई १२ वटा बिधामा विभिन्न प्रकारका खेलकुदहरू खेलाईएको थियो। ऊक्त खेलमा प्ले ग्रुपका र सो भन्दा माथिका सबै विद्यार्थीहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्