भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

 न्यूज विराट
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

एजेन्सी, साउन २३-भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५ सय ३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २ सय १५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७।३० प्रतिशतले बढेको पाइएको छ ।

भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ । हाल भारतमा ६ लाख ७ हजार २ सय ४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ ।

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।

सम्बन्धित समाचार

अमेरिकी नाकाबन्दी सहेको क्युबाको यसरी भइरहेको छ प्रशंसा

एजेन्सी, बैशाख १४-क्युबाले २ साताभित्र विश्वका १९ देशमा मेडिकल टोली पठायो । अमेरिकाको नाकाबन्दीका बाबजुद क्युबा कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ । क्युबाले इटाली, अंगोला, जमाइका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो मेडिकल...

न्यायलयको पुनर्सरचना आवश्यक

विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको...

भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे

रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी...

कोशीमा म्युजिकल चेयरको खेल सकियो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकका लागि आज एउटा मात्रै एजेन्डा राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी...

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये १...

नेपाली र भारतीय मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न समयमा चोरी भएका ७ वटा मोटरसाइकलसहित गिरोहका ७ जनालाई...

चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्