विराटनगर, साउन २१-विराटनगरका तीन अस्पतालका चिकित्सकसहित ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विराटनगरस्थित कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालका चिकित्सकसहित ११ जनामा कोरोना पुष्टि भएको छ ।
विराटनगरस्थित मोरङ सहकारी, न्यूरो र गोल्डेन हस्पिटलका कार्यरत तीन जना चिकित्सकसहित ११ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार आएको रिपोर्टमा मोरङ सहकारीका ५, गोल्डेनका ३ र न्यूरोका ३ जनालाई कोरोना संक्रमण देखिएको हो ।