वीरगञ्जमा कोरोना संक्रमित १ पुरुषको मृत्यु

 न्यूज विराट
वीरगञ्जमा कोरोना संक्रमित १ पुरुषको मृत्यु

वीरगञ्ज, २१ साउन-वीरगञ्जमा बुधबार कोरोना भाइरस संक्रमण एक पुरुषको मृत्यु भएको छ । संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत ती पुरुषको आज बिहान मृत्यु भएको हो ।

वीरगञ्जको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका-१५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

महुमेहका रोगी ती पुरुषमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजेतिर वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान ५ बजे ती संक्रमित पुरुषको मृत्यु भएको हो । १८ साउनमा पीसीआर जाँचका लागि स्वाब लिइएकोमा त्यसको भोलिपल्त ती पुरुष कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

यसअघि सोमबार मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका-८ एक किशोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । १८ वर्षीया किशोरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । झाडा पखालाको कारण सिकिस्त बनेपछि उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

विराटनगर विमानस्थलको मुआब्जाको काम सुस्त हुदा स्थानिय आक्रोशित

विराटनगर, ३२ साउन । विराटनगर–विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर...

महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु

जनकपुर, २१ वैशाख-महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् ।...

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम, २२ साउन-प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस (कोभिड-१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो ।   उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा...

श्रमिककाे पारिश्रमिक नबढाए आन्दोलनमा उत्रिने, जिफन्टले बुझायो श्रम कार्यालयमा ज्ञापनपत्र

विराटनगर । राज्यले तोके अनुसारको श्रम ऐन अनुसारको पारिश्रमिक दिनुपर्ने माग राख्दै श्रमिकहरु आन्दोलित भएका छन् । जिफन्ट कोशी प्रदेशले श्रम ऐन कार्यन्वयन गरिनुपर्ने र राज्यले तोकेको पारिश्रमिक श्रमिकलाई दिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन भएको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौंको लागि...

कोशी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोसी अस्पताललाई २ र कोभिड-१९ अस्पतालाई १ गरि ३ वटा...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्