बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको ३ वर्षपछि उद्धार

 न्यूज विराट
बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको ३ वर्षपछि उद्धार

चितवन, २१ साउन-३ वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो ३ बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो ।

उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैँडालाई छाडिएको हो । अन्दाजी १२ वर्षको पोथी गैँडालाई ३ वटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिए ।

२७ साउन २०७४ मा आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर सो गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पुर्‍याएको थियो । सो गैँडा चर्न बेलाबेलामा नेपालतर्फ आउने गरेको थियो । गत पुसमा पनि नेपालतर्फ देखिएपछि उद्धार गर्ने प्रयास गरिएको भए पनि असफल भएको रुपाखेतीले बताए ।

यही साउन १५ गतेदेखि गैँडा नर्सही क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि निकुञ्ज कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, डिभिजन वन कार्यालय नवलपुरका कर्मचारी एवं प्राविधिकको सहयोगमा गैँडाको उद्धार गर्न सकिएको रुपाखेतीले बताए ।

नारायणी नदी बढेपछि भारततर्फ जान नसकेर अड्किएको गैँडालाई उद्धार गरिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढीपछि उद्धार गरिएको यो ११औँ गैँडा हो ।

बाढीपछि भारततर्फको भूमिबाट नौवटा र नेपालतर्फको भूमिबाट योसहित दुई गैँडा उद्धार गरिएको उप्रेतीले जानकारी दिए । बाढीले बगाएर भारत पुर्‍याएका अरू केही गैँडा भारतमा रहेको र नेपाल ल्याउन आवश्यक वातावरण मिलाइदिन भारतलाई पत्राचार गरिएको भए पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन । त्यस वर्ष बाढीका कारण दुर्लभ एकसिङ्गे गैँडासहितका जनावरहरु बगेका थिए । रासस 

सम्बन्धित समाचार

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

कोरोना संक्रमण बढेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन...

२४ घण्टामा प्रदेश १ मा १६४ संक्रमित थपिए

विराटनगर, १९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको...

नेपाली सेनामा जागिर खुल्यो

काठमाडौं, ३१ भदौ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिर खुलाएको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्