यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

 न्यूज विराट
यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, २० साउन-काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । 

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन ।

कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो । कार्यालयमा अत्यधिक भीडका कारण खटिएका ४ सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गाह्रो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए ।

उनका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण बढिरहेकाले त्यहाँसँगै जगाती, सुकेधारा र ठूलोभर्‍याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन् ।

कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजस्व तिरेको कागजबाटै सवारीसाधन चलाउनुपर्ने उनको भनाइ छ ।  नवीकरणका लागि आउने सेवाग्राहीका लागि भीड नहोस् भनेर टोकन प्रणाली लागू गरिएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा मन्त्रालय फुटाएको विरोधमा विराटनगरमा एमालेका २३ वटा जनसंगठनहरुद्वारा प्रदर्शन

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र...

तेजस्वी सहकारीद्धारा रक्तदान कार्यक्रम, ३६ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर – ५ मा रहेको तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा विराटनगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान...

प्रधानमन्त्री ओलीसँगको बार्तापछि माधवको घोषणा : सांसदको राजीनामा टर्यो, बिवाद मिलाउन कार्यदल बन्छ

काठमाडौं, बैशाख ३० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको बार्ता फलदायी बनेको बताउनु भएको छ । अध्यक्ष ओलीसँग आज भएको तीन घण्टा लामो बार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता नेपालले आजको...

पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना

विराटनगर, जेठ २५–मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री...

पाँचथर जिल्ला तेक्वाण्डो समिति गठन

विराटनगर,७ मङसिर–नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघ(आइटिफ)को पाँचथर जिल्ला समिति दिपेन्द्र तुम्वापो अध्यक्षता सात सदस्यीय आज गठन गरिएको छ। समितिका उपाध्यक्षद्वयमा मनोज खति , हर्कराज तुम्वापो, सचिवमा सुन्दर योङहाङ र कोषाध्यक्षमा रमेश निरौलालाई चयन गरिएको छ भने...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक...

हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । उसले बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४...

सुशान्तका बुबाले हाले रियाविरुद्ध मुद्दा

एजेन्सी, साउन १४-अभिनेता सुशान्तसिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै केकले पटना प्रहरीमा रियाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आत्महत्या गर्नुभन्दा केही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्