एजेन्सी, साउन २०-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ ।
योसँगै यहाँ मंगलबारसम्म कोरोनाका संक्रमितहरूको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको हो । यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा संक्रमितहरू ३४ जना थपिएका दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना संक्रमित थपिएका बताइएको थियो । यसरी यहाँ थपिएका संक्रमितहरूमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमबार थपिएका ३४ मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरू परेका पनि बताइएको छ ।
यहाँ यस संक्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरू बढीजसो चर्चमा गएका व्यक्तिहरू भएको बताइएको छ । सरकारले पछिल्लो समयमा कोरोना संक्रमितहरूको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको बताइएको छ । दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रूपमा रहेको बताइएको छ ।